दाङ दुर्घटना : मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग बन्द

बुटवल : ट्रकको ठक्करवाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको मौरीघाटमा बाटो बन्द गरेका छन् । राजमार्ग अवरुध्द हुँदा गन्तव्यमा हिडेका सवारी साधन सडकमै रोकिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका-४ मौरीघाटमा दुर्घटना पछि पल्टिएको ट्रक बुधवार बिहान प्रहरीले उठाउन खोजेपछि आक्रोसित आफन्तले राजमार्ग बन्द गराएका हुन् । दुर्घटना पछि मृतक ३ जना किशोरको मुचुल्का नउठाइ शव उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रहरी अधिकारीहरूले भने मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गराएको बताएका छन् । छलफल मार्फत राजमार्ग खुलाउन प्रयास भइरहेको बताएको प्रहरीको भनाइ छ ।
दुर्घटना पछि फरार भएका ट्रक चालक कपिलबस्तुको गोरुसिंगेमा प्रहरी सम्पर्कमा आएका छन् । पक्राउ परेका चालकलाई दाङ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
ट्रक मालिक भैरहवाबाट सम्पर्कमा आएको र उनीपनि समस्या समाधानका लागि दाङ आउन लागेको हुँदा छिट्टै समस्या समाधान हुने प्रवक्ता खड्काले बताए । मृतक तीन जना किशोरको शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ । एउटै मोटरसाईकलमा सवार उनीहरुको मंगलबार बेलुका पौने ८ बजेतिर ट्रकको ठक्करवाट मृत्यु भएको थियो ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया