लुम्बिनीमा चार कोभिड-१९ संक्रमितको मृत्यु

बुटवल : लुम्बिनी प्रदेशमा एकै रातमा कोभिड-१९ का ४ संक्रमितको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा एक र भेरी कोभिड विषेश अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।
भैरहवास्थित मेडिकल कलेजमा रुपन्देहीको मायादेवी गाउँपालिका-५ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा बर्दियाको राजपुर गाउँपालिका-१ का ७३ वर्षीय पुरुष, बाँके जिल्लाको बैजनाथ गाउँपालिका-८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका-१ की ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ । हालसम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया