गीतकार पनेरूको 'सुखी हुनु छैन मलाई' बोल गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ- गीतकार केदार पनेरूको 'सुखी हुनु छैन मलाई' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा 'सुखी हुनु छैन मलाई' बोलको गीत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त भिडियो लोकार्पण गरेका हुन् ।
गायक स्वरूपराज आचार्यले गीत गाएका छन् । संगीतकार किर्ति न्यौपानेको संगीत र भिडियोमा वरिष्ठ कलाकारले मदनकृष्ण श्रेष्ठले अभिनय गरेका छन् ।
गीतकार पनेरुले नेपाली साहित्य तथा गीतको क्षेत्रमा आफू सिकारु रहेको बताए । 'नेपाली साहित्य बजारमा आफ्नो प्रयास इट्टा मात्र हो,' उनले गीतको बारेमा भने, 'मानिस बाहिरी रूपमा सुखी भए पनि भित्र हुन सकेको हुँदैन । मेरो गीतले यथार्थ भावना पोखोस भन्ने छ ।'
वरिष्ठ कलाकार श्रेष्ठले गीतमा अभिनय गर्ने अवसर पाएकोमा गीतकार पनेरुलाई धन्यवाद व्यक्त गरे ।
<

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया