ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ

जनकपुरधाम- धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका-१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका-३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना-२ बन्दीपुर छगरिया वस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया