कर्णालीमा माओवादीको सरकार जोगाउने एमाले सांसदलाई मन्त्री उपहार

सुर्खेत : नेपालमै पहिलोपटक पार्टीको ह्वीपलाई बेवास्ता गर्दै माओवादी केन्द्रको सरकार जोगाउने एमाले सांसदलाई मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्री पदको उपहार दिएका छन् । शुक्रबार फ्लोर क्रस गर्दै सरकार जोगाउने एमाले सांसद नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले चौबिस घण्टा नबित्दै मन्त्रीमा नियुक्त गरेका हुन् ।
बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । यस्तै अमरबहादुर थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त भएका हुन् । बुढा भने दोहोरिएर मन्त्री बन्ने भाग्यमानी सांसद रहे ।
निवर्तमान पर्यटनमन्त्री रहेका उनी दुई हप्तामा फेरि मन्त्रीको कुर्सीमा बसेका हुन् । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका थिए ।
आइतबार थप मन्त्रीको टुंगो लाग्नेछ । यसपटक नेपाली कांग्रेसलाई पनि सरकारमा ल्याउने र अहिले मन्त्री रहेकालाई राजीनामा गराएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको माओवादी केन्द्र निकट नेताहरुले बताएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद समावेशी बनाउन दलित समूदायबाट पनि एक जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रतिक्रिया