दुई महिनामा ६ अर्ब बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौँ- पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् ।
सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।
नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया