पाँच फोटोमा हेर्नुहोस मुगुमा बैशाख महिनाको हिमपात (फोटो फिचर)

काठमाडौँ : मुगुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । काठमाडौँमा पछिल्लो दुई दिन यता हावाहुरी र असिना पानी पर्दा कर्णालीको हिमाली जिल्ला मुगु लगायतका ठाउँमा हिमपात भएको हो ।
मुगुको माथिल्लो भेगमा बैशाख महिनामा समेत हिमपात हुने गरेको छ । सदरमुकाम दुनै लगायतका ठाउँबाट माथि डाँडा, टाकुराहरुमा हिमपात भएको स्थानीयले बताएका छन् ।
शनिबार दिउँसोदेखि हिमपात हुँदा मुगुको माथिल्लो भेग सेताम्मे देखिएका छन् । बेलूकीको पारिलो घाममा हिउँ टल्किदा मुगु झन् सुन्दर देखिएको छ । मुगुमा पछिल्लो समय फागुन अन्तिम हप्ता हिउँ परेको थियो ।
तर यस वर्ष पर्याप्त हिउँ नपर्दा मुगु, डोल्पा, हुम्ला लगायत हिमाली जिल्लाका किसान भने चिन्तित छन् । पर्याप्त हिउँ नपर्दा बाली बिग्रने डर हुन्छ ।
सबै फोटो : वीरेन इरागन

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया