नेपालको वैदेशिक व्यापारः २१ देशसँग नाफा, ११६ देशसँग घाटामा

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ ।
गत साउन र भदौ महिनामा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात र २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । बितेका दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ रहेको छ ।
विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, जोर्डन, युनाईटेड अबर इमिरेट्स, बेल्जियम, ओमान, अष्ट्रेलिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, फ्रान्स, बंगलादेश, युक्रेन, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, ब्राजिल र टकी रहेका छन् ।
यस्तै, स्वीट्जरल्याण्ड, कतार, क्यानडा, ताइवान, दक्षिण अफ्रिका, पोल्याड, जर्मनी, पराग्वे, इटाली, भुटान, अमेरिका, इजरायल, नेदरल्याण्ड्स, न्युजल्याण्ड, जापान, तान्जानिया, फिलिपिन्स, मेक्सिको, लिथुवानिया, मोजाम्बीक, आयरल्याण्ड, रुस, पाकिस्तान, इथियोपिया, नाइजेरिया, कुवेत, चिली, चेक रिपब्लिक, स्पेन, ग्वाटेमाला, म्यानमार, इजिप्ट, ग्रिस, बहराइन र स्वाजील्याण्डसँग पनि नेपालको व्यापार घाटा रहेको छ ।
भेनेजुयला, फिनल्याण्ड, गाबोन, युगाण्डा, मादागास्कर, बुल्गेरिया, सर्विया, केन्या, श्रीलंका, हंगेरी, डोमेनिकन रिपब्लिक, रोमानिया, कोस्टारिका, पेरु, कजाकास्तान, स्लोभाकिया, मंगोलिया, पपुवा न्युगिनी, मोरक्को, यमन, इरान, नामिबिया, ग्रेनाडा, सर्विया, ट्युनिसिया, सियरा लियोन, बेलारुस, सुरीनेम, जर्जिया, साइप्रस, माल्टा, जमैका, माल र बु्रनाईसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, इराक, एंगोला, सुडान, लाट्भीया, मोनाको, क्रोयसिया, लेबनान, इस्टोनिया, मौरिसस्, आइसल्याण्ड, पोर्चुगल, स्लोभेनिया, न्यु कलेडोनिया, स्वीडेन, बेलायत, उरुग्वे, अष्ट्रिया, नर्वे र कम्बोडिया रहेका छन् ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया