डिजिटल नेपालको फ्रेमवर्क परिमार्जन गर्दै लैजानुपर्छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई अभ्यासका आधारमा परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री पौडेलले डिजिटल नेपालको फ्रेमवर्कको अगाडिको योजनालाई समयसापेक्ष परिमार्जन गर्न सरकार तयार रहेको बताए ।
अहिले आइटीको महत्व धेरै फराकिलो हुँदै गएको भन्दै मन्त्री पौडेलले यो क्षेत्रलाइ पछि पर्न नदिइने बताए । कोभिड-१९ महामारीकाबीच बिद्यालय बन्द गर्नुपर्ने अवस्था आए सूचना प्रविधिकै माध्यमबाट बिद्यार्थीहरूलाई पठनपाठनको व्यवस्था मिलाउनुपर्ने उनले बताए ।
कोरोनाबाट मानव जीवनको रक्षाका लागि पनि आइटीको अधिकतम प्रयोग गर्नुपर्ने उनले बताए । दुरसञ्चार क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया