कोभिड महामारीविरुद्ध स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारी विरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू पालना गर्न सबैलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण कोभिड-१९ नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको भन्दै सुरक्षाका उपाय अपनाउन आग्रह गरेकी छन् ।
'कोभिड-१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु,' राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्।
कोभिड-१९ नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए । त्यस्तै आज मात्रै बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) April 17, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया