कर्णालीका तीन स्रष्टालाई सम्मान

सुर्खेत- कर्णाली साहित्य समाजले आज साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका कर्णालीका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका तीन जना स्रष्टालाई पुरस्कार वितरण गरिएको हो ।
जसमा कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियरालाई प्रदान गरेको छ । ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरू मध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरे अनुसार सुर्खेतमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त पुरस्कार प्रदान गरिएको हो ।आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्धमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि प्रहार गर्दै आम नागरिकहरूका दुःख, पीडा र भोगाइहरूलाई उद्घाटित गर्न सफल कथाहरू ‘जियरा’ मा समेटिएको छन् ।
यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गरिएको छ । विभिन्न श्रृजनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाएकोमा इतिहासकार प्राध्यापक डा. सुवेदीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । ताम्रपत्रसहितको उक्त सम्मान ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका कृतिहरूको सृजना गरेका थिए ।
यसका साथै संस्थाले स्थापना गरेको रु २५ हजार राशिको पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिएको छ । उनी कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरूलाई देशभर चिनाउन सफल भएका थिए । २०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा २५ पटक राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक, बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका नृत्यहरूका निर्देशक, कुलमान नेपालीलाई प्रदान गरिएको
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा संस्थाका संस्थापक संरक्षक एवम् वरिष्ठ कथाकार महेशविक्रम शाहले राजनीति तोड्ने काम गर्छ भने साहित्यले जोड्ने काम गर्ने बताए ।
कर्णाली साहित्य समाजले हरेक वर्ष साहित्यमा योगदान गरेका कर्णालीका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया