शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

लोहोरोले हानेर श्रीमतीको हत्या

सन्धिखर्क- अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरमा उनीहरूबीच पटक-पटक झगडा हुने गरेको पाइएको जनाइएको छ । 

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको रिजालले बताए ।