बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अनसनरत डा. केसी र सरकारबीच सहमति

काठमाडौँ- विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । 

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो । उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।

वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन् ।

७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए ।