८५ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

वीरगञ्ज- नक्कली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।
ओछ्यान मुनि लुकाइ राखिएको अवस्थामा एक हजार दरका ८१ वटा र पाँच सय दरका तीन थान नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया