रेल चढ्दा खुसी देखिएका अध्यक्ष ओली (फाेटाे फिचर)
ओलीले भने : आफूले ल्याएकाे रेल चढ्दा निकै खुसी लाग्याे

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले ल्याएकाे रेल चढ्दा निकै खुसी लागेकाे बताएका छन् ।
शनिबार लाेसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषाकाे तिनकैरिया जान जनकपुरधामबाट महिनाथपुर जाने क्रममा रेल चढेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै खुसी व्यक्त गरेका थिए । उनले भने, ‘आज हामीले नै ल्याएकाे ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रै पालामा ल्याएकाे रेल हो, त्यसैले धेरै खुसी छु ।’
उनले एमाले नेतृत्वको सरकारकै पालामा विकासको काममा देश द्रुत गतिमा अगाडि बढेको दाबी समेत गरे । उनले एमाले नेतृत्वकाे सरकारमा ‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ जसले गर्दा अहिले १ लाख ८५ हजार मधेसको जमिन सिँचाइ सदुपयोग भइरहेको बताए ।
अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरू ल्याएर विकासमा अनेक हिसाबले सफलता साथ अगाडि एमाले बढेको बताए । उनीसंगै सचिव रघुवीर महासेठ, प्रभु साह र जुली महताे लगायत एमालेका सयाैँ नेता कार्यकर्ता रेल यात्रा गरेका थिए । एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कूल १४२ वटा टिकट काटेका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया