कर्मचारीले असहयाेग गरेको प्रदेश १ का स्वास्थ्यमन्त्री यादवको आरोप

विराटनगर- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूले काम गर्न नसकेको आरोप लगाएका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने गरी सरकारले अलग्गै मन्त्रालय गठन गरेर काम गर्न खोजेपनि कर्मचारीहरूले साथ नदिएको आरोप लगाएका हुन् ।
शुक्रबार मन्त्रालयकै आयोजनामा स्वास्थ्य निर्देशनालयको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले कर्मचारीहरूले आफूले सोचेजस्तो गरी काम नगरेकोमा चिन्ता व्यक्त गरे । कर्मचारीले काम नगरेकै कारण मन्त्रालयको खर्च प्रगति घटेको उनले बताए । मन्त्री यादवले आफ्नै कार्यकालमा प्रदेशलाई पूर्णखोपयुक्त बनाउने आफ्नो चाहनामा कर्मचारीको असहयोग भएको संकेत गरे ।
'कार्यालयमा जाँदा प्रमुख भेटिँदैनन्, कर्मचारी हुँदैनन्, काम हेर्दा वर्ष दिनभरि केही छैन,’ मन्त्री यादवले भने, ‘प्रदेश १ लाई पूर्णखोपयुक्त प्रदेश बनाउन चाहेपनि आवश्यक सहयोग हुन सकेन, बजेट खर्च घटेको छ, पूर्ण खोप कहिले हुन्छ ? मंसिर ४ पछि गर्ने हो पूर्ण खोप प्रदेश ?’
उनले मन्त्रालयले सोचे जति काम गर्न नसकेकोमा त्यसको दोष कर्मचारीको भएको बताए । कर्मचारीहरूले आवश्यक सहयोग नगरेकै कारण मन्त्रालयले विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै उनले आक्रोश पोखे । उनले अन्य प्रदेशको तुलनामा पनि प्रदेश १ को स्वास्थ्य सूचक कमजोर भएको बताए । त्यसलाई स्वीकारेर काम गर्नुपर्नेमा आफूले सहयोग नपाएको मन्त्री यादवको भनाइ थियो ।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया