शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ- कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।