दसैँमा पनि छैन व्यापार : निराश न्यूरोडका व्यापारी (भिडिओसहित)

काठमाडौँ – दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरू चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यापारीहरू दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।
दसैँको समयमा गत वर्षमा ग्राहकहरूको ठेलम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरू किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरूको गुनासो छ ।
कोरोना महामारीपछि व्यापार राम्रोसँग फस्टाउन सकेको छैन । यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।
चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरू दिनप्रतिदिन बढिरहेका छन् । जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन् ।
कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरूको चहलपहल कम भएको हुनसक्ने न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश शाही बताउँछन् । उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताए ।
त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको उनी बताउँछन्। उनले विगतका वर्षहरूमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताए। दसैँ नजिकिए पनि ग्राहक नआउँदा आफूहरू समस्यामा परेको उनले बताए ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया