नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा प्रक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीया राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीया सविता श्रेष्ठ रहेका छन् ।
यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेस गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया