सोलुखुम्बु-लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट

काठमाडौँ- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौँ–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए/नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरे ।
मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरूको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताए । मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरू बढी विदेशी पर्यटकहरू हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको जिकिर गरे ।
उनले विदेशी तथा स्वदेशी नागरिकहरू विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरू व्यवस्थित बनाउन निर्देशन दिए । मन्त्री श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताए । उनले मन्थली विमानस्थलमा सर्वसाधारण जनताका लागि नियमित काठमाडौँ उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिबद्धता जनाए ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया