खरिदारले आफू र नाबालक छोराको खातामा सामाजिक सुरक्षा भत्ता राखेपछि...

काठमाडाैँ- सामाजिक सुरक्षा भत्ता आफू र आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने एक खरिदार भ्रष्टाचारको अभियोगमा परेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिकाका खरिदार राजेन्द्रबहादुर भण्डारीले त्यसरी २० लाख ७८ हजार ६ रुपैयाँ हिनामिना गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ । आयोगले उनीविरुद्ध बिगो, जरिवाना र कैदको माग गर्दै भ्रष्टाचार मुद्दा लगाएको हो । अदालतबाट प्रमाणित भएमा खरिदार भण्डारीले पेन्सन पनि पाउने छैनन् ।
आयोगका अनुसार, २०७४/०७५ देखि २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो । तर, भण्डारीले कार्यालयको नामबाट बैंकलाई पत्र आफैँ लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरेका थिए । अभियुक्तले आफ्नो तथा आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा सामाजिक सुरक्षा भत्ता अनियमित रूपले जम्मा गरेका थिए ।
त्यसरी जम्मा रकम भएको केही दिनपछि नै पटक–पटक निजले आफैँले भुक्तानी लिई खाईमासी गैरकानुनी लाभ लिने बदनियतपूर्ण काम गरेको दाबी आयोगकाे छ । आयोगका अनुसार, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई नेपाल सरकारबाट प्राप्त हुने सरकारी लाभबाट वञ्चित गरी आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भनाइ आयोगको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया