'नागरिकता बेच्न पाइँदैन' भन्दै राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै प्रदर्शन

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको घण्टारघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि उनीहरूले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर उचित कदम चालेको भन्दै समर्थन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले 'सम्मानीय राष्ट्रपतिलाई हाम्रो सम्मान छ', 'राष्ट्रपतिको कदमलाई जनताले सम्मान गरी रहने छन्', 'नागरिकता बेच्न पाइँदैन' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने नागरिकता विधेयक समेत जलाएका थिए ।
दोश्रोपटक राष्ट्रपति समक्ष पेस भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नभएपछि यसको पक्ष र विपक्षमा बहस देखिएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया