आर्थर गन अर्थात् दिवेस पोखरेल फेरि अमेरिकन आइडलमा

अमेरिका : आर्थर गनको नामले चिनिएका दिवेस पोखरेलले फेरि एक पटक अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । बिलबोर्डले लेखेको समाचार अनुसार आर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणमा रनर अप भएका थिए । अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै उनीहरूलाई दोस्रो मौका दिने अभिप्रायले गत सिजनका दस जनालाई मौका दिने निर्णय गरेको हो ।
यसमा आर्थर गनसँगै गत संस्करणमा प्रतिस्पर्धा गरेका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छनोट भएका छन् । आइडलले राम्रो सम्भावना भएका तर यो बीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका गायकलाई दोस्रो मौका दिने निर्णय गरेको हो ।
आर्थर गनले गत सालको विजेता जस्ट साम बराबर नै चर्चा पाएका थिए तर त्यसका बावजुद उनलाई कुनै पनि रेकर्ड लेबलले नलिएपछि उनले मौका पाएका हुन् ।
यसरी छानिएका १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन् । र, यो प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन् ।
एक हप्ताभरि हुने भोटिङबाट जसले धेरै नम्बर पाउँछ उसले नयाँ सिजनका उत्कृष्ट १० सँग प्रतिस्पर्धा गर्न पाउनेछ । मे २३ मा नयाँ संस्करणको विजेता चुनिनेछ ।
अमेरिकन आइडलले गत सालका प्रतिस्पर्धीलाई नयाँ सोमा मौका दिने निर्णयले नयाँ प्रतिस्पर्धीलाई अन्याय हुने टिप्पणी सुनिएको छ ।
अघिल्लो सालका गायकको फ्यानबेस राम्रो भइसकेको र भोलि भोटिङमा जाँदा अघिल्लो सालका प्रतिस्पर्धीले भोट पाउने सम्भावना धेरै भएको भन्दै यो निर्णयको आलोचना भएको छ । तर, यसको असर के हुन्छ भन्ने कुरा चाहिँ शृंखला प्रसारण भएपछि मात्र थाहा हुने धेरैको बुझाइ छ ।
अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि सार्वजनिक गरेका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया