मोन्टसेराट: प्रकोपबाट उठ्दै क्यारेवियन टापुको फुटबल टोली

सन् १९९५ को जुलाईमा मोन्टसेराटको साउफरायर हिल्सका ज्वालामुखी ठूलो मात्रामा विस्फोट हुन थाले, जसको प्रभाव निकै विकाशकारी थियो । क्यारेवियन टापुको उक्त क्षेत्रको अधिकांश भाग खरानीले छोपियो । हावामा सल्फर डाइअक्साइडको धुवा भरियो । राजधानी प्लाइमाउथ निषेधितझै भयो ।
पाँच वर्षसम्म ज्वालामुखी विस्फोट भएपछि दुई तिहाइ क्षेत्र मानिसको बसोबास गर्न लायक रहेन । ११ हजार ५ सय मध्ये दुई तिहाइ मानिस बसाइ सरे ।
खासमा मोन्टसेराट भनेको ब्रिटिस अभरसिज टेरिटरिजभित्र पर्ने क्षेत्र तथा स्वशासित भए पनि युकेको नियन्त्रणमा रहेको छ । मोन्टसेराटका करिब ४ हजार ५ सय मानिस इंग्ल्यान्डमा बसाइ सरे, विशेषगरी लन्डन र बर्मिङघममा ।
मोन्टसेराटका मानिसहरूबीच आघात र संघर्षसँगै एकताको भावना पनि छ । जुन उनीहरूको राष्ट्रिय फुटबल टोलीमा देख्न सकिन्छ । अझ बेलायमा बसोबास गरिरहेकाहरूले आफ्ना पुर्खाहरूका लागि फुटबलबाट एकताको संदेश दिदैछन् ।
मोन्टसेराटले पहिलो फुटबल खेल सन् १९९१ मा खेल्यो र उसले सन् १९९६ मा मात्र फिफाको सदस्यता पायो । वर्षौसम्म उसको फिफा वरीयता एकदमै खराब अवस्थामा थियो ।
सन् १९९१ देखि २०१२ सम्म २७ खेल खेल्दा मोन्टसेराटले केवल दुई खेल जित्यो । ती दुवै जित बेलायतकै अधिनमा रहेको एन्गुएलाविरुद्ध थियो ।
ज्वालामुखी विस्फोट भएपछि मोन्टसेराटले सन् २००४ मा पहिलो पटक घरेलु मैदानमा सन् २००६ को विश्वकपका लागि छनोट खेल आयोजना गरेको थियो । पहिलो चरणको छनोट आयोजना गरेको मोन्टसेराटले बर्मुडासँग ७-० को पराजय भोग्यो ।
लामो समयसम्म कमजोर टिमको रुपमा रहेको मोन्टसेराटको अवस्था विस्तारै परिवर्तन हुँदैछ । मोन्टसेराटका लागि २१ खेल खेलेका एलेक्स डायरका अनुसार टिम अव्यवस्थित थियो । आर्थिक र सुविधाका हिसाबले केही पनि नभएको एलेक्सको अनुभव छ ।
नेसनल लिगमा वेयल्डस्टोनका लागि खेल्ने ३२ वर्षीय मिडफिल्डर एलेक्सले स्विडेन, नर्वे र कुवेतमा समेत खेलिसकेका छन् । एलेक्सका बुवापट्टीका हजुरबुवा र हजुरआमा मोन्टसेराटमै हुर्किए । एलेक्सले भने मोन्टसेराटका लागि सन् २०११ मा डेब्यु गरेका थिए । सन् २०११ मा मोन्टसेराटको फिफा वरीयता सबैभन्दा खराब अर्थात २ सय ६ औँ स्थानमा थियो । तर अहिले भने १ सय ७८ औँ स्थानमा आइपुगेको छ ।
एलेक्सका अनुसार सो समयमा टिमसँग एकैखालको ट्रयाकसुट पनि थिएन । तर अहिलेको अवस्था परिवर्तन भएको छ । मोन्टसेराटको टिमले राम्रो स्पोन्सर पाएको छ र टिमले जित हात पारिरहेको छ ।
सन् २०१२ देखि २०१७ सम्म मोन्टसेराटले केवल ७ वटा खेल मात्र खेल्न पायो । तर सन् २०१८ मा कोन्काकाफ नेसन्स लिगको सुरुवातसँगै उसले आफूजस्तै तथा त्यो भन्दा पनि माथिल्लो स्तरका टिमसँग खेल्ने अवसर पाएको छ ।
स्कटिस प्रशिक्षक विली डोनाचीको प्रशिक्षणमा मोन्टसेराटले १८ खेल खेल्यो जसमध्ये ८ खेलमा जित हात पार्यो । टिमको सफलतासँगै नयाँ नयाँ खेलाडीहरू पनि आउन थालेका छन् । र खेलाडी छनोटमा अब कडा प्रतिस्पर्धा हुँदै गएको छ । तर यो लामो प्रक्रिया भएको ३६ वर्षीय फरवार्ड ब्राडली उड्स बताउँछन् ।
अहिले टिममा इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टका स्ट्राइकर लायल टेलर, सालफोर्ड सिटीका पूर्वमिडफिल्डर म्याटी विलोक पनि छन् ।
युरोपियन च्याम्पियनसीपझै रहेको गोल्डकपका लागि सन् २०१९ मा झन्डै मोन्टसेराट छनोट भएका थिए तर गोलअन्तरका कारण इएल साल्भाडोर भन्दा पछि पर्यो । एलेक्सका अनुसार पछिल्ला समयमा मोन्टसेराटले पराजय भोगपनि जित पनि हात पार्दै गएपछि सर्वसाधारण खुसी छन् ।
उनीहरूलाई खुसी दिने अवस्था आएको छ । मोन्टसेराटको लक्ष्य भनेको गोल्डकप खेल्नु हो तर सन् २०२२-२०२३ को नेसन्स लिगका सुरुवाती ४ मध्ये केवल एक खेलमा जित हात पारेका कारण उसका लागि छनोट हुने सम्भावना कठिन देखिन्छ । तर पनि उनीहरू सही दिशामा छन् ।
(बीबीसी इंग्लिसका लागि सिन कोलले तयार पारेको आलेखलाई इकागजका सञ्जीव शाहले अनुवाद गरेका हुन्)

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया