पाकिस्तानविरुद्धको सिरिजमा इंग्ल्यान्डलाई अग्रता
काठमाडौँ- घरेलु टोली पाकिस्तानविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । मंगलबार राति कराँचीमा भएको पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जित्दै सिरिजमा अग्रता बनाएको हो ।
पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाउँदै १९ ओभर २ बलमा पुरा गर्यो । इंग्ल्यान्डको जितमा एलेक्स हेल्सले सर्वाधिक ५३ रन तथा ह्यारी ब्रुकले अविजित ४२ रनको योगदान गरे । पाकिस्तानका लागि उसमान कादिरले सर्वाधिक २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन जोड्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६८ रन जोडे । कप्तान बाबर आजमले ३१ रन बनाए । इंग्ल्यान्डका लागि ल्युक उडले सर्वाधिक ३ तथा आदिल रसिदले २ विकेट लिए ।
यी दुई टोलीबीचको दोस्रो खेल बिहीबार कराँचीमै हुनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया