जबरजस्ती र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- जबरजस्ती र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय ठहर भएका थिए । सजाय ठहर भएपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौँबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका ३ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत नुवाकोटमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया