पोखरामा एटिएम मेसिन तोडफोड गर्न खोज्ने ३ जना पक्राउ

पोखरा- पोखरामा बैंकको एटिएम मेसिन तोडफोड गरेर चोरी गर्न खोजेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरूलाई दुई छुट्टाछुट्टै घटनामा विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
असोज ३ गते पोखरा नयाँबजारमा रहेको कृषि विकास बैंकको एटिएम मेसिन ताेडफाेड गर्न खोजेको अभियोगमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न पोखरा १६ कै १९ वर्षीय अनिस राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।
यसैगरी असोज ४ गते विहान लेकसाईडमा रहेको एनएमबि बैंकको एटिएम मेसिन ताेडफाेडकाे प्रयास गर्ने धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ का मनोज कुमाललाई पनि पक्राउ गरेको छ । उनी पछिल्लो समयमा पोखरा ८ बगालेटोल बस्दै आएका थिए । उनले एटिएम मेसिनमा खुकुरी प्रहार गरेका थिए ।
उनलाई १२.५ फिट लामो खुकुरीसहित पक्राउ गरिएको निमित्त प्रहरी प्रवक्ता खड्काले दिए । दुवै घटनामा संलग्नलाई चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EzLnrXJM2D_8a0nisguvjjdvqzsuzgdwislfwk5wdztaal2xgqqjzavl8u14dzejkfmwcej.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया