मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

साहित्यकार वैष्णवको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।

वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएका थिए । विसं १९८१ साउन  ५ गते काठमाडौँमा जन्‍मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् ।