सीजीले ल्यायो चाडपर्व लक्षित आकर्षक उपहार योजना

काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । सीजीसँग यो पर्व, गरौं गर्व नामक यस योजना अन्तर्गत कम्पनीले ४६ हजारसम्मको आकर्षक क्यास ब्याकका साथै विभिन्न पक्का उपहारहरू जित्ने अवसर प्रदान गर्ने भएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूले सीजी ब्राण्ड साथै सीजी ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरू घर ल्याइ गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन् भने आकर्षक क्यासब्याक तथा उपहारहरूको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्नेछन् ।
उक्त योजना अन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका सिंगल डोर रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्नेछन् ।
साथै, सीजी का ४३” सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५०” भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार पाउन सक्नुहुनेछ । त्यसैगरी, सीजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ केजी एरियल, सेमी तथा टप लोड वाशिङ मेसिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा एसीको खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया