१७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तानमा क्रिकेट खेल्दै

काठमाडौँ- १७ वर्षपछि पाकिस्तानको भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टोलीविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज खेल्दैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको खेल कराँचीमा नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ ।
सन् २००५ मा पाकिस्तानको भ्रमण गरेपछि इंग्ल्यान्ड पहिलो पटक पुनः पाकिस्तानको भ्रमणमा गएको क्रिकइन्फोले जनाएको छ । सन् २००५ मा इंग्ल्यान्डले ३ खेलको टेष्ट तथा ५ खेलको एकदिवसीय सिरिजका लागि पाकिस्तानको भ्रमण गरेको थियो । टेष्ट सिरिज पाकिस्तानले २-० तथा एकदिवसीय सिरिज ३-२ ले जितेको थियो ।
बीबीसीले जनाएअनुसार सन् २००९ मा श्रीलंकाको टिममा आतंकवादी आक्रमण भएपछि लामो समयसम्म कुनै पनि टिमले पाकिस्तानको भ्रमण गरेका थिएनन् । सन् २०१५ मा मात्र पाकिस्तानको भ्रमण गर्ने जिम्बावे पहिलो टिम बनेको थियो । श्रीलंकाले भने सन् २०१९ मात्र पाकिस्तानको भ्रमण गरेको थियो ।
गत वर्ष नै न्यूजिल्यान्ड र इंग्ल्यान्डले पाकिस्तानको भ्रमण रद्द गरेका थिए । जसका दुबै देश आलोचित हुनुपरेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया