बेइजिङमा मनाइयो नयाँ वर्ष

बेइजिङ : नयाँ वर्ष २०७८ साल आरम्भ भएको शुभ अवसरमा बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा चीनमा रहेका नेपालीहरूले नयाँ वर्षको शुभकामना साटासाट गरी बैशाख ३ गते शुक्रबार नव वर्ष मनाएका छन् ।
कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कोरोना महामारी (कोभिड-१९) लाई नियन्त्रणमा लिइसकेको चीनमा हाल एक प्रान्तबाट अर्को प्रान्तमा आवतजावत गर्न सहज भइसकेको अवस्थामा दूतावासको उक्त कार्यक्रममा बेइजिङबाहेकका अरू सहर र प्रान्तबाट पनि नेपालीहरू सहभागी हुनआएका थिए ।
सहभागी नेपालीहरूले हाल नेपालमा कोभिड-१९को डर ह्वात्तै बढेको भन्दै चिन्ता प्रकट गरेका थिए । आठ लाख डोज खोप उपलब्ध गराएकोमा चीनप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए । साथै बेइजिङमा रहेका अधिकाँश नेपालीले कोरोनाविरूद्धको पहिलो खोप पनि लगाइसकेको अवस्थामा खोप लगाएपछिको अवस्थाबारे पनि चर्चापरिचर्चा गरेका थिए ।
केहीलाई निद्रा लागिरहने त कसैले पहिलो दिन वान्ता भएको पनि सुनाए । यसबाहेक, सबै नेपालीले नेपाल र विश्वमा छिटोभन्दा छिटो स्थिति सामान्य भइदिओस् भन्ने नै कामना गरेका थिए । सहज रूपमा छिटोभन्दा छिटो नेपाल आवतजावत गर्न पाइयोस् भन्ने सबैको इच्छा थियो ।
ट्रान्स हिमालयन मैत्री समाज नेपालका अध्यक्ष डा.खराजीव झा भने राष्ट्रपतिबाट आफूले प्राप्त गरेको सुप्रबल जनसेवाश्री (तृतीय) पदक थाप्न जान नसकेकोमा दुःख व्यक्त गर्दै थिए । उनी सियानदेखि आएका थिए । यसै बीच राजदूत महेन्द्रबहादुर पाण्डेले मञ्चमा नै बोलाएर झालाई बधाई पनि दिए ।
साथै कार्यक्रमलाई सर्वप्रथम राजदूत पाण्डेले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्तव्य राखे । सो क्रममा गत साल नेपालसहित संसारभर नै कोरोनाभाइरसको महामारीले सताएको भन्दै संसारको इतिहास हेर्दा यस्ता नकारात्मक पक्षबाट सकारात्मक उपलब्धि प्राप्त भएको औंल्याए ।
भाइरस कुनै न कुनै रूपमा संसारमा रहने भएकोले विश्वले हातेमालो गर्दै अनुसन्धानका नतीजा र परीक्षण र औषधिहरू विश्वभर आदानप्रदान गर्नुपर्ने पनि औंल्याए । उनले भने, सामूहिक रूपमा हातेमालो गरेर पारस्परिक हितमा संलग्न भएर अगाडि बढ्न सकौं । साथै देशको निम्ति क्रियाशिल हुन सकुन् भन्दै उपस्थित नेपालीहरूलाई नव वर्षको शुभकामना व्यक्त गरे ।
उक्त रात्री भोजसहितको सो शुभकामना आदानप्रदान कार्यक्रममा केही चिनियाँ अतिथिसहित चीनमा अध्ययन, व्यापार तथा विभिन्न पेशमा संलग्न गरी करिब डेढ सय नेपालीको उपस्थिति थियो ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया