एभरेष्ट बैंकले सुरु गर्यो इ-पैचो फोन लोन

काठमाडौँ- एभरेष्ट बैंकले इ-पैचो फोनलोन, इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो-रहित ऋण उपलब्ध गराएको छ ।
योग्य एभरेष्ट बैंक खातावालाले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल दुई लाखसम्म ऋण पाउने छन् ।
इ-पैचो फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई) का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा 'बाइ नाउ पे लेटर' सेवाहरू पनि प्राप्त गर्न सक्छन् । यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ ।
इ-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ, जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदि । योग्य ग्राहकहरूले इ-पैचो फोनलोन आइकन र 'दर्ता गर्नुहोस्' बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्ने छन् ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया