नेपाली र कोरियन प्यानलवीच समझदारी

भक्तपुर - नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडबीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका छन् ।
एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनीवीच आ-आफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतामा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झ्यालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ ।
एसवाई प्यानलले युपीभीसीका झ्यालढोकाको साथसाथै छानामा प्रयोग हुने स्याण्डविच प्यानलहरु उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेशनको वालको रुपमा प्रयोग हुने वातावरण मैत्री निर्माण सामाग्री उत्पादन गर्दै आएको छ ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया