शिक्षामन्त्रीले भने : शैक्षिक संस्थाहरूमा तालाबन्दी गर्नै मिल्दैन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरूमा तालाबन्दी गर्नै नमिल्ने बताएका छन् ।
शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उनको भनाइ थियो । राष्ट्रिय परीक्षा बोर्डले सोमबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शैक्षिक संस्थामा कुनै समस्या भए समाधान गर्नका लागि छलफल र बहस गर्न सकिने उल्लेख गर्दै त्यसका लागि तालाबन्दी नै गर्न आवश्यक नभएको पनि स्पष्ट पारे ।
उनले शैक्षिक क्यालेन्डर आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न पनि राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरूलाई निर्देशन दिए । परीक्षा दिएकाहरूले समयमै रिजल्ट समेत प्राप्त गर्न नसकेको विद्यमान अवस्थाबारे चित्रण गर्दै शिक्षामन्त्री पौडेलले अब शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पारे ।
मन्त्री पौडेलले त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए आफूले त्यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

प्रतिक्रिया