भुमिहीनको समस्या समाधान गर्न बागमती प्रदेशले बजेट विनियोज गर्ने

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिसम्बन्धी समस्या समाधान गर्न आगामी वर्षदेखि बजेट विनियोजन गर्ने बताएका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमा पूर्वाधार, जनशक्ति, सेवा सुविधालगायतको विषयमा समस्या भए पनि त्यसलाई चिर्दै अगाडि बढ्न उनले आग्रह गरे ।
शुक्रबार हेटौंडामा भुमीसम्बन्धी समस्या समाधान आयोगको पदाधिकारी र सदस्य सचिवहरूसँग सुकुम्बासी समस्या, चुनौती र समाधानबारे भएको अन्तरक्रियामा बागमती प्रदेशका १३ जिल्लाको आयोगका पदाधिकारीहरूको उपस्थिति थियो । भुमीसम्बन्धी समस्या आयोग काठमाडौं जिल्लाका अध्यक्ष रामशरण ढुंगानाले काठमाडौंमा शोभाषी, विर्ता, अव्यवस्थित बसोबास, हदबन्दीको समस्या रहेको बताए । उनले काठमाडौंमा समस्या धेरै भएको भन्दै भूमिसम्बन्धी आयोगको सुचना लक्षित वर्गसम्म पुग्नै नसकेको जानकारी गराएका थिए ।
आयोगका ललितपुरको अध्यक्ष मधुसुदन पौडेलले स्थानीय तहहरूले चासो र सक्रियता कम देखाएको बताए । जिल्लामा भुमिहीनको लगत संकलन गर्दा नियमसम्वत नभएको उनले दाबी गरे । ‘रातो फारम भर्नुपर्नेले सेतो फारम र फरामै भर्नु नपर्नेले पनि भरेका छन्’ उनले भने ।
यता चितवन जिल्लामा भुमिहीन सम्बन्धी करिब ४० हजारको लगत संकलन भए पनि आयोगको उद्देश्य अनुसार काम नभएको आयोगका अध्यक्ष यादव पाठकले बताए । बागमती प्रदेशको अन्य जिल्लाका भुमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लामा भएको प्रगति तथा समास्याहरू राखेका थिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया