न्वानेरी बने इंग्लिस प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौँ- इथान न्वानेरी इंग्लिस प्रिमियर लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध ३-० अन्तरको जित निकाल्दा न्वानेरीले आर्सनलका लागि १५ वर्षको उमेरमै मैदानमा उत्रिएका हुन् ।
सन् २००७ को मार्च २१ मा जन्मिएका इंग्लिस फुटबलर न्वानेरीले फावियो भिएराको स्थानमा इन्जुरी समयमा मैदानमा उत्रदा उनी १५ वर्ष र १ सय ८१ दिन पुगेका थिए ।
यसअघि हार्भे इलियोट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनले सन् २०१९ मा फुलह्यामविरुद्ध लिभरपुलका लागि मैदानमा उत्रदा इलियोट १६ वर्ष र ३० दिनका थिए ।
न्वानेरी १६ वर्ष मुनि प्रिमियर लिग खेल्ने पहिलो खेलाडी समेत बनेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया