सिटिनेट बैठकका लागि नगरप्रमुख लामा मलेसिया प्रस्थान

मकवानपुर- सिटिनेटको बैठकको शिलशिलामा हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामा मलेसिया प्रस्थान गरेकी छन् ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानव बस्ती व्यवस्थापनको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरूको संस्था 'सिटिनेट’ को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नगरप्रमुख लामा मलेसिया गएकी हुन् ।
उनलाई हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले बिदाई गरेका छन् । आइतबार काठमाडौँ गएपछि सोमबार दिउँसोको हवाई यात्राबाट नगरप्रमुखकाे मलेसिया प्रस्थान गर्ने कार्यसूची रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । प्रमुख लामा १ सय ३५ भन्दा बढी मुलुकका नगरपालिका, गैरसरकारी संस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरूको साझा संस्था सिटिनेटको नवौं सभामा सहभागी हुने बताइएको छ ।
सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौडा उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह र विभिन्न संस्थाको नेतृत्व गर्दै नगरप्रमुख लामा मलेसिया गएकी हुन् । सभा असोजको ४ देखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सभामा जानुपूर्व सिटिनेटको सदस्य रहेका नेपालका स्थानीय तह र समाजिक संघसस्थाको हेटौडामा बैठक सञ्चालन गरिएको थियो । हेटौडा उपमहानगरपालिकाको आतिथ्यतामा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवौं सभामा उम्मेदवारीको घोषणा गरेका थिए ।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने तयारीपछि नगरप्रमुख लामाले कार्य जिम्मेवारी उपप्रमुख बानियाँलाई दिएकी छन् ।
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_sLFlt5MW4r_gv44ysigrnyk5nww98bus0svc6mbzfysoam9adtwbteqpqbcq6x5dfnix78d.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रतिक्रिया