बेचबिखनको जोखिममा रहेका १० बालकको भारतबाट उद्दार

काठमाडौं– विभिन्न बाहनामा नेपालबाट भारततर्फ अझै पनि बालकहरू बेचबिखन हुने गरेको पाइएको छ । बालकहरूको क्षेत्रमा काम गर्दै आइरहेको साथसाथ 'बालबालिका सँगसँगै' को पहलमा १० बालक उद्दार गरिएसँगै अझै बालकहरू बेचबिखनको जोखिममा हुने गरेको पाइएको हो ।
चार महिनादेखि बाध्यकारी तथा मानव बेचबिखनको उच्च जोखिममा रहेका नेपाली बालकहरूलाई भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बईको समन्वयमा उद्वार गरिएको थियो ।
उद्दार गरि ल्याइएको बालकहरूलाई राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा र अन्य संस्थालगायत सरोकारवाला निकायहरूको समन्वयमा शुक्रबार परिवारसँग पुनर्मिलन गराइएको छ ।
पुनर्मिलन गराइएका बालकहरू रौतहट, सुनसरी र मोरङ्गका छन् । उद्वार गरी ल्याइएका बालकहरू ११ देखि १७ वर्ष उमेर समूहका रहेको सामाजिक संस्था बालबालिका सँगसँगैले जनाएको छ ।
बालकहरूको पारिवारिक पुनर्मिलन गराउने क्रममा राष्ट्रिय बाल अधिकार परिषदका देवीप्रसाद डोटेलले बालबालिकाहरूको विशेष हेरचाह गर्ने जिम्मेवार परिवारको रहेको जानकारी गराए । ‘अहिलेको यो बदलिँदो परिस्थितिमा मानव बेचबिखनमा महिला तथा बालिका मात्र नभई बालकहरू पनि उच्च जोखिम रहेको यो घटनाले पुष्टि गरेको रिर्सोस एक्जुकेटिभ कविता शाहले बताइन् ।
सो कार्यक्रममा मधेश प्रदेश राष्ट्रिय बाल अधिकार परिषदका संयोजक संजिव महतोले आफ्नो बालबालिकाप्रति अभिभावकहरू नै चनाखो हुन पर्नेमा जोड दिदै बालकहरूको अवस्थाहरूको फलोअप गरिनुपर्ने बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया