जब कर्णाली प्रदेश सभा तरंगित बन्यो !
एमाले सांसदले यसरी 'फ्लोर क्रस' गरे र मुख्यमन्त्रीको पद जोगियो

सुर्खेत : शुक्रबार दिउँसो साढे दुई बजेबाट कर्णाली प्रदेशसभाको बैठक सुरु भयो । बैठकको सुरुवातमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नतिजा आफ्नै पक्षमा हुन्छ भन्नेमा ढुक्क थिए । बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बैठक बोलाएर कँडेलल सरकारविरुद्ध अविश्वास मत दिन ह्वीप जारी गरेका थिए ।
बैठकको सुरुवातमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । रिक्त रहेका मन्त्रालयको जिम्मेवारी वाचनपछि माओवादी छोडेर एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मीको स्थान रिक्त रहेको जानकारी गराइयो । जब कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्बाट आफुलाई विश्वासको मत दिन आग्रह गरे । बैठकमा उपस्थित सबै सांसद मुखामुख गरे ।
सबैको अनुमान थियो एमालेका सांसदको प्रतिनिधित्व धेरै भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाउँदैनन् । तर, जब प्रमुख प्रतिपक्षि दलका नेता जिवनबहादुर शाही सरकारको पक्षमा उभिए तब संसद् बैठकको माहौल एकाएक परिवर्तन भयो । प्रतिपक्षी दलका नेता नै सरकारको पक्षमा उभिएपछि संसद् बाहिर रहेका माओवादी कार्यकर्ताले ताली बजाए ।
जब संसद्मा मतदान सुरु भयो सँगै बसेका मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता कँडेल निकै आत्तिएका देखिन्थे । उनीहरू मत कसको पक्षमा पर्छ भन्नेप्रतिक्षामा थिए । सरकारको पक्षमा उभिएका एमालेका चार जना सांसदले फ्लोर क्रस गरेपछि सबै अचम्ममा परे । यता विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहीले खुसी व्यक्त गरे । कर्णाली सरकारले सबैको विश्वास जितेको बताए ।
‘एमाले संसदीय दलले मलाई दिएको समर्थन फिर्ता लिएपछि पनि अहिले संसद्बाट विश्वासको मत प्राप्त गरेँ’, उनले भने,‘अहिले मुख्यमन्त्रीलाई विश्वासको मत छ भन्ने कुरा उहाँहरूले व्यक्त गरिसक्नुभएको छ ।’
माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको छ । नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । ४ जना सांसदले फ्लोर क्रस गरेर मतदान गरेका थिए । शाहीको पक्षमा २२ र विपक्षमा १५ मत परेको छ । राप्रपाका सांसद शोशिला शाही भने विश्वासको मत पक्ष विपक्षमा नरही तटस्थ बसिन् ।
फ्लोर क्रस गरेर विश्वासको मतको पक्षमा मतदान गर्ने सांसदहरुलाई एमाले संसदीय दलको बैठकले कारवाही गर्ने सिफरिस गरेको छ । प्रमुख सचेतक गुलाबजंग शाहले चार जना सांसदलाई पार्टी सदस्यता नरहनगरी कारवाहीको लागि सिफारिस गरिएको बताए ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया