टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालतकाे आदेश
अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलायाे

काठमाडौँ- टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेकाे छ ।
काठमाडौँ महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो ।
प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले साे आदेश जारी गरेको हो ।
महानगरपालिकाले टुकुचा मिचेर जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचनामा डाेजर लगाएर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_MNRHyTb5N4_dph6xhsufctdkud9dduzknwvpbbm4uisnhynefhgfsbkvlpvh2lbxsejbljy.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रतिक्रिया