नेप्से परिसूचक ३४ अंकले गिरावट

काठमाडौँ- साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ । आइतवार नेप्से परिसूचक १९ सय अंकको विन्दुबाट पनि तल झरेको छ ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ । आइतवार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ । नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
आइतवार नेप्से परिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाइ मूल्य ५.३५ प्रतिशत बढेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ । तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया