'भन कति माया गर्छौ मलाई'मा रोमान्टिक पदम र रिया

काठमाडौँ - 'भन कति माया गर्छौ मलाई' बोलको गीतको भिडियो बेलायतबाट रिलिज गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन् । वैँशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडी जसले एक अर्कालाई कति माया गछौँ मलाई भनी, तिमी मेरो शितल जुन र बिहानको किरण हौ जस्ता उपमा दिएर एक अर्काको प्रेममा परेका दृश्यहरु भिडियोमा जति हेर्यो उति हेरौँ हेरौँ लाग्छन् ।
भिडियोमा मोडलद्धय पदम गुरुगं र रिया पुन गुरुगंको प्रेम रोमान्सले भरिएको प्रस्तुती जति हेर्यो उति हेरिरहुँ जस्तो देखिन्छ । पटक पटक हेर्दा पनि धित नमर्ने सार्वजनिक गीतको भिडियो सकिएको दर्शकले पत्तै पाउँदैनन् । कारण हो बेलायतका रमणीय स्थानहरु र मोडलद्धयको गहिरो प्रेमाभाव । युवा निर्देशक श्रेष्ठको कमालको छायांकन पनि भिडियोको तारिफयोग्य अर्को पक्ष हो ।
निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द शृजना विनोद गुरुगंका हुन् भने गीतमा संगीत उत्तम जंग लिम्बुले भरेका छन् । संजय शाहको एरेन्ज रहेको गीतमा बिकाश धमलाको कलर रहेको छ भने दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ । जसमा मेकअप पनि कोरियोग्राफर दीपिकाकै रहेको छ । जसमा सह छायांकन गहेन्द्र शाक्यको रहेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया