थप ९ सय जनामा कोभिड-१९ संक्रमण, चारको मृत्यु

काठमाडौँ : नेपालमा शुक्रबार थप ९ सय जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३७ पिसिआर परीक्षणका क्रममा ८३६ जना र ६२१ एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमासंक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप २०८ संक्रमित निको हुँदा हालसम्म दुई लाख ७४ हजार ८१२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ८ जना आइशोलेशन र ७७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ वटा पिसिआर परिक्षण गरिएको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया