७ महिनापछि उपत्यका बाहिर निस्किएका ओली किमाथां पुगे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको सीमा किमाथांका पुगेका छन् । बुधबार किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्न ओली त्यहाँ गएका हुन् । ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीकव सचिवालयले जनाएको छ ।
ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङलगायतलाई छन् ।
ओली गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर निस्किएका थिएनन् । उनले त्यहाँ पाँच घण्टामा तीन वटा कार्यक्रम सकाएर आजै काठमाडौं आउनेछन् ।

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

प्रतिक्रिया