नवौं राष्ट्रिय खेलकुद : गण्डकी भलिबल टिम घोषणा

पोखरा- नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशले भलिबल तर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे (स्याङ्जा) को कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुषतर्फ पाण्डेसहित, रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), प्रेम बहादुर कुमाल (तनहुँ), सुजन चोखाल (म्याग्दी), सुवास कुँवर (पर्वत) र राजन थापा (स्याङ्जा) रहेका छन् ।
महिलातर्फ अरुणा शाही (म्याग्दी) को कप्तानीमा १२ सदस्यीय टोली नै घोषणा गरेको हो । शाहीसहित, रेविना घर्ती मगर (म्याग्दी), सुस्मिता पुन (म्याग्दी), पवित्रा श्रीपाली (म्याग्दी), मनिषा तिलिजा पुन (म्याग्दी), ममता डगौरा (कास्की), गंगा गुरुङ (कास्की), सम्पदा गुरुङ (कास्की), रिमा कुँवर (पर्वत), प्रतिक्षा सेन ठकुरी (पर्वत), साइन थापा (स्याङ्जा) र हिमाली रोका मगर (बाग्लुङ) महिला टोली रहेका छन् ।
टोलीको प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् । विशेष प्रशिक्षणका लागि शनिबार नै प्रशिक्षकसँग सम्पर्क गर्न आग्रह गरिएको छ । गण्डकी प्रदेशले पहिलो चरणमा असोज १ गतेदेखि विशेष प्रशिक्षण र असोज १५ देखि बन्द प्रशिक्षण गर्ने जनाएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले शनिबारसम्म छनोटमा परेका खेलाडीहरू पोखरामा आउने र आइतबारबाट विशेष प्रशिक्षण सुरु गरिने जानकारी दिए । केही खेलको प्रशिक्षण भने शनिबारदेखि नै सुरु गरिएको उनले बताए ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

प्रतिक्रिया