सामाजिक विकास समिति : पाँच वर्षमा ७० प्रतिशत सफलता

सुर्खेत- कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले पाँच वर्षको कार्यकालमा ७० प्रतिशत सफलता प्राप्त गरेको बताएको छ ।
आज समितिको पदावधिको अन्तिम दिन समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष देवी ओलीले यस्तो बताएकी हुन् । पाँच वर्षको अवधिमा जम्मा १२४ ओटा बैठक बसेको ओलीले बताइन् । ती बैठक मध्ये १५ ओटा बैठकबाट सरकारलाई विभिन्न ७५ बुँदामा निर्देशन दिएको ओलीले बताइन् । दिइएको निर्देशन मध्ये सरकारले ७० प्रतिशत निर्देशन पालना गरेको अध्ययनले देखाएको उनको भनाइ थियो ।
उनका अनुसार पाँच वर्षको अवधिमा सामाजिक विकास मन्त्री १५ पटक, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई १७ पटक बैठकमा बोलाइएको थियो । यस्तै, विभिन्न विधेयकमाथि विज्ञको राय लिन चारपटक भर्चुअल माध्यमबाट र चारपटक भौतिक रूपमा नै सुझाव लिने काम गरिएको छ । ‘विभिन्न १६ ओटा स्थानमा हामीले यो अवधिमा स्थलगत अध्ययन तथा अवलोकन गरेका छौं,’ उनी भन्छिन्, ‘दुई वर्षको समय कोभिडले असर पारे पनि हामीले त्यो अवधिमा समेत भर्चुअल माध्यमबाट काम गरेका हौं, हाम्रो समितिमा पर्वतीय विश्वविद्यालय र सिंजा सभ्यता विधेयक मात्रै रहेका छन् । अब ति विधेयकहरू आजै रातीदेखि निस्क्रिय बन्नेछन् ।’
समितिको पहिलो बैठक २०७५ वैशाख १७ गते बसेको थियो भने अन्तिम बैठक २०७९ साल भदौ २७ गते बसेको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया