राष्ट्रपति र माधव नेपाललाई मेयर बालेनकाे प्रश्न : अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रश्न गरेका छन् ।
मेयर बालेनले आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति र पूर्वप्रधानमन्त्री नेपाललाई प्रश्न गरेका हुन् ।
बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको जिकिर गरेका छन् ।
उनले लेखेका छन्, 'आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईं कै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।'

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया