पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत- कर्णाली राजमार्गसहित दैलेख–सुर्खेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएको शुक्रबार साँझदेखि विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो ।
सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका–६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी कालिकोटको खाँडाचक्र नगरपालिका–५ मौलाकाटिया, दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला, चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाट र बराहताल गाउँपालिका–७ कल्यानमा पहिरो गएको हो ।
पहिरोका कारण सवारी साधनहरू अवरुद्ध भएका छन् । स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागि रहेको छ । पहिरोले तीन दिनदेखि सवारीसाधन बाटोमा रोकिएका छन् । साँगुरो कर्णाली राजमार्गमा वर्षातमा हिलाम्मे हुँदा समयमा गन्तव्य पुग्न सवारी साधनलाई हम्मेहम्मे परेको छ । जेसिबी ल्याएर पहिरो हटाउने प्रयास भएपनि अविरल वर्षाका कारण हटाउने काम प्रभावित बनेको जनाइएको छ ।
राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डमा पहिरो हटाउने प्रयास भइरहेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए । राजमार्गमा ठूलो पहिरोले दुई दिनदेखि आधा बाटोमै बास भएको गाडी चालक सन्तोष बुढाले बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया