समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ: अध्यक्ष ओली
काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे ।
'यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसदबाट निर्वाचित सरकारले कामका महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,' उनले भने, 'संविधानले परिकल्पना गरेअनुसार संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार, संरचना, प्रदेशको नामकरण गर्ने काम भएको छ ।'
अध्यक्ष ओलीले भूकम्पपछिको पुनर्निर्माणको काम राम्रोसँग अघि बढेको उल्लेख गर्दै हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको काम पनि अघि बढेको बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले सम्पन्न गराउन निर्वाचन आयोगले काम गर्नुपर्ने र त्यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्नका लागि आफ्नो सरकारको पालामा अध्यादेशबाट समाधान गर्ने प्रयत्न गरेको तर त्यो हुन नसकेको उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा संसदबाट पाएको रचनात्मक सहयोगलाई धन्यवाद दिए । साथै उनले देशभर बाढी र पहिरोबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया