ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ भनेर व्यंग्य गरेका छन् । उनले शनिबार संसदको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै देउवालाई व्यंग्य गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री ज्यूले संसद पुनर्स्थापना भएकाले आज सबै भेट्न पाएका छौँ भन्नुभयो,’ उनले भने, ‘फेरि चुनाव त घोषणा गर्नु भएको छ । आजबाट संसद अन्त्य हुँदैछ भनेपछि तपाईँ प्रतिगमन गर्दै हुनुहुन्छ । यसको अर्थ त्यही हो ? होइन भने गतवर्ष वैशाखमा चुनाव भइसक्थ्यो ।’
ओलीले आफूले संसद विघटन गरेर चुनाव घोषणा गर्दा कुनै प्रणालीमा असर गर्ने थिएन भन्दै दाबी प्रस्तुत गरे । ‘त्यसबेला कुनै प्रणाली जान लागेको त थिएन,’ उनले थपे, ‘संविधान जान लागेको त थिएन । प्रतिनिधि सभाको निर्वाचन गत वर्ष वैशाख १७ र २७ गते हुन्थ्यो । र नयाँ संसद आउँथ्यो । प्रतिगमन कहाँबाट हुन्थ्यो ? यो उही प्रतिपक्षी दलको नेताले पहिले बोल्न पाउनुपर्छ भनेर वेल घेरे जस्तै कुरा हो । यस्ता कुराहरू गर्नु वाञ्छनीय हुँदैन ।’
उनले कुनै पनि संसद पाँचै वर्ष चल्नुपर्छ भन्ने संविधानमा भएको समेत दावी गरे । ‘हाम्रो संविधानको धारा ७६ ले कसैको बहुमत आयो भने आउँछ,’ उनले भने, ‘सरकार गठन हुन्छ । भएन भने ७६ को २ अनुसार अनेक दल मिलेर सरकार गठन हुन्छ । त्यो भएन भने त्यसले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । लिन सकेन भने फेरि ६ महिना भित्र त चुनाव गर्नु पर्यो । संविधानले त्यो व्यवस्था गरेको छैन ? पाँचै वर्षको भन्ने कहाँ छ ?’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया